१२ असार २०८३, शुक्रबार

सानो हुन्छ भारतीयहरूको दिमाग, अध्ययनले निकाल्यो निष्कर्ष

कात्तिक १७, २०७६
सानो हुन्छ भारतीयहरूको दिमाग, अध्ययनले निकाल्यो निष्कर्ष

काठमाडौं – इन्टरनेसनल इन्स्टिच्युट अफ इन्फर्मेसन टेक्नोलोजीका अनुसन्धानकर्ताहरूले भारतीयहरूको दिमागका विषयमा रमाइलो सर्वेक्षण गरेको छ । अनुसन्धानमा भारतीयहरूको दिमागको साइज र भोल्युम अन्य देशका मानिसको तुलनामा छोटो भएको उल्लेख छ । 

दिमागको डिजाइनका विषयमा गरिएको अनुसन्धानको निष्कर्ष न्युरोलोजी इन्डिायामा प्रकाशित छ । 

मस्तिष्कसम्बन्धी गम्भीर रोगलाई विचार गरेर अनुसन्धान गरिएको हो । यस अध्ययनपछि मस्तिष्कसम्बन्धी समस्या बुझ्न सहायता पुग्ने बताइएको छ । 

सेन्टर फर भिजुअल इन्फर्मेसन टेक्नोलोजीको यस प्रोजेक्टमा काम गर्ने जयन्ती सिवास्वामीले भने, ‘मस्तिष्कसम्बन्धी रोगको निगरानी गर्नका लागि मोन्ट्रियल न्युरोलोजिकल इन्स्टिच्युट टेम्प्लेटलाई आधार मानिन्छ । तर भारतीयहरूको दिमागको आकार उक्त टेम्प्लेटको भन्दा सानो छ ।’

एजेन्सी
 

कमेन्ट गर्नुहोस्