०६ असार २०८३, शनिबार

संसारको सबभन्दा ठूलो प्लास्टिक प्रदूषक कोकोकोला भएको अध्ययनको निष्कर्ष

कात्तिक १७, २०७६
संसारको सबभन्दा ठूलो प्लास्टिक प्रदूषक कोकोकोला भएको अध्ययनको निष्कर्ष

काठमाडौं – कोकाकोला अत्यन्तै लोकप्रिय ब्रान्ड भए पनि संसारको सबभन्दा ठूलो प्लास्टिक प्रदूषक यही हो । 

एक नयाँ अनुसन्धानमा अमेरिकाको जर्जियामा मुख्य कार्यालय भएको कोकाकोलाले अन्य प्रतिस्पर्धी तीन प्रदूषकभन्दा बढी प्लास्टिक फोहर फैलाउने गरेको पत्ता लागेको छ । 

प्लास्टिक बोतलको डिपोजिट र रिफन्ड योजनालाई तुहाउन खोजेर नाफा जोगाउन कोकाकोलाले प्रयास गरेको भनी उल्लेख गर्ने दस्तावेज सार्वजनिक भएपछि यो खबर आएको हो । 

उक्त विश्वव्यापी अनुसन्धान ब्रेक फ्री फ्रम प्लास्टिक्सले गराएको हो । उसले संसारभरिका समुद्री किनार, जलमार्गहरू र सडकहरूमा ७२ हजार स्वयंसेवीहरू नियुक्त गरेर प्लास्टिक बोतल, कप, र्‍यापर, झोला र टुक्राटाक्री खोजेका थिए । सेप्टेम्बर महिनाको एक दिनका लागि यो खोज गरिएको थियो । 

कुल चार लाख ७५ हजार फोहरका टुक्रा संकलन गरिएको थियो र त्यसमध्ये ११ हजार ७३२ वटा कोकाकोलाका बोतल थिए । प्लास्टिक प्रदूषण फैलाउने अन्य कम्पनीहरू नेस्ले, पेप्सीको र मोन्डेलेज इन्टरनेसनल हुन् । 

कोकाकोलाले अफ्रिका र युरोपमा बढी प्लास्टिक फोहर गरेको पाइयो भने एसिया र दक्षिण अमेरिकामा यो दोस्रो ठूलो प्रदूषक रह्यो ।

एजेन्सी

कमेन्ट गर्नुहोस्