३० जेठ २०८३, शनिबार

दिमागको शक्ति बढाउने क्रीम बन्यो, लगाएपछि भाषा र संगीत छिट्टै सिक्न सकिने

कात्तिक १७, २०७६
दिमागको शक्ति बढाउने क्रीम बन्यो, लगाएपछि भाषा र संगीत छिट्टै सिक्न सकिने

काठमाडौं – स्मरणशक्ति गुमाउने समस्याको सामना गर्नका लागि बनाइएको एक क्रीमलाई अहिले दिमागी शक्ति बढाउनका लागि उपयोग गर्न थालिएको छ । 

डाइहेक्सा नामक उक्त क्रीम वाशिङटन स्टेट विश्वविद्यालयले बनाएको हो । यो क्रीम लगाएपछि मानिसहरूलाई भाषा सिक्न वा सांगीतिक उपकरण छिटो सिक्न मद्दत गर्नेछ । 

यो न्युरोह्याकिङ क्रीम खासमा स्मरणशक्ति ह्रास गराउने कोशिकाको मृत्यु अनि विनाशकारी एन्जाइमलाई सुस्त बनाउन तयार पारिएको थियो । अल्जाइमर्स लागेका तथा प्रज्ञानमा समस्या भएकाहरूका लागि यो क्रीम बनाइएको थियो । 
अमेरिकामा सुरक्षा परीक्षण पार गरेपछि यो औषधि मस्तिष्क शक्ति सुधार गर्न चाहने व्यक्तिलाई सिफारिश गर्न थालिएको छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्