२८ जेठ २०८३, बिहीबार

यी व्यक्तिको नाकबाट १८ वर्षपछि निकालियो गाँजा, चिकित्सक छक्क

कात्तिक १७, २०७६
यी व्यक्तिको नाकबाट १८ वर्षपछि निकालियो गाँजा, चिकित्सक छक्क

काठमाडौं – एक व्यक्तिले कारागारमा गाँजा ल्याएको १८ वर्षपछि उनकै नाकबाट निकालिएको छ । चिकित्सकहरूले यस्तो घटना पहिलोपटक भएको बताएका छन् । 

यो केसको रिपोर्ट गर्ने चिकित्सकहरूको टोलीले ब्रिटिश मेडिकल जर्नलमा यसको बारेमा लेखेका छन् । उक्त व्यक्तिले कारागारमा भेट्न आएकी प्रेमिकाबाट बलूनमा बेरेर गाँजा पाएका थिए । 

गार्डहरूले पत्ता नलगाऊन् भनी उनले दाहिनेतर्फको नाकको प्वालमा गाँजा लुकाएका थिए तर पछि निकाल्न सकेका थिएनन् किनकि त्यो गाँजा निकै भित्रसम्म पसेको थियो । 

वर्षौंसम्म नाकमा संक्रमण भएको र सास लिन गाह्रो भए पनि उनले गाँजा निलेको ठानेर बसेका थिए । 

१८ वर्षमा उक्त गाँजा राइनोलिथ बनेको थियो । त्यो भनेको ढुंगा हो । नाकको प्वालमा उक्त ढुंगा बनेको हो ।

उनको नाकमा शल्यक्रिया गरेर राइनोलिथ हटाइएको तीन महिनापछि उनले सबै अप्ठ्यारोहरू हटेको बताए । 

अस्ट्रेलियाको सिड्नीमा यो घटना भएको हो ।

अनुसन्धानकर्ताहरूले गाँजाका कारण राइनोलिथ बनेको यो पहिलो घटना भएको विश्वास गरेका छन् ।

सीएनएनबाट
 

salt training

कमेन्ट गर्नुहोस्