
काठमाडौं- फ्याबइन्डियाको नयाँ शोरूम दरबारमार्गको शेर्पा मलमा सञ्चालनमा ल्याइएको छ ।
भारतको प्रचलित ब्रान्ड फ्याबइन्डियाको फ्रेन्चाइज नेपालको दोस्रो शोरूम आइतवार सारिका चौधरीले शेर्पा मलमा उद्घाटन गरिन् ।
फ्याबइन्डियाकी सञ्चालिका आश्रयता कार्की चौधरीले भनिन्, 'हामीले सन् २०१० मा नेपालका लागि फ्रेन्चाइज लिएका हौं । हाम्रो पहिलो शोरूम जावलखेलमा सञ्चालनमा छ ।' 
फेबइन्डिया लुगा र एक्सेसेरिज लागि परिचित छ ।
फेबइन्डियामा आश्रयता कार्की चौधरी र श्रीयन्स कार्कीको लगानी छ ।


