
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको आकस्मिक मन्त्रिपरिषद् बैठकअघि बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक शुरू भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा नेकपा सचिवालय बैठक शुरू भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारी जनाएका छन् ।
सचिवालय बैठकले मंसिर १४ गते हुने उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाउने कार्यसूची रहेको जनाइएको छ ।
शनिवार बसेको सचिवालय बैठकमा उम्मेदवारबारे प्रारम्भिक छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए ।