काठमाडौँ – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ ।
आइतवार साँझ बसेको नेकपा सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभामा उठ्ने उम्मेदवारको टुंगो लगाएको हो ।
नेकपाले कास्की क्षेत्र नम्बर २ मा विद्या भट्टराईलाई उठाउने निर्णय गरेको छ ।
प्रदेशसभा सदस्य पदको उम्मेदवारका रूपमा दाङको क्षेत्र नम्बर ३ ‘ख’मा विमला वली, भक्तपुर १ ‘ख’मा देवीप्रसाद ढकाल र बाग्लुङ २ ‘ख’मा राष्ट्रिय जनमोर्चालाई समर्थन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार धरान उपमहानगरपालिकामा प्रकाश राई उठ्नेछन् ।