२४ जेठ २०८३, आइतबार

‘चन्द्रागिरिमा ७०० भाडा लिनुको कारण के ?’

कात्तिक १८, २०७६
‘चन्द्रागिरिमा ७०० भाडा लिनुको कारण के ?’

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोलीले चन्द्रागिरि हिल्स कम्पनीलाई केबुलकार यात्रुसँग ७०० रुपैयाँ भाडा लिनुको कारण खुलाइ ७ दिनभित्र जवाफ पेश गर्न निर्देशन दिएको छ । 
आजको कान्तिपुर दैनिक लेख्छ–विभागले आइतबार अनुगमन गरेर एक र दुईतर्फी प्रतिव्यक्ति यात्रा शुल्क ‘के कति कारणले निर्धारण गरेको हो, प्रमाण पेश गर्नू’ भनि निर्देशन दिएको हो । विभागको टोलीले अनुगमनलगत्तै तत्कालै लिखितपत्रमार्फत निर्देशन दिएको थियो । विभागका निरीक्षण अधिकृत रमेशकाजी श्रेष्ठले हिल्सले जवाफ पेश गरेपछि विस्तृत अनुसन्धान थाल्ने बताए । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्