
काठमाडौं –तीन वर्ष पुरानो एक फोटो इन्स्टाग्राममा शेयर गरेको विषय हलिउड गायिका केटी पेरीलाई टाउको दुखाइ बनेकाे छ ।
सन् २०१६ मा भएको एक पार्टीमा पेरी आफ्नो श्रीमानका साथ बिल र हिलारी क्लिन्टनको ड्रेसअपमा पुगेकी थिइन् ।
यही फोटो सामाजिक सञ्जालमा शेयर गरेकोमा कपीराइट उल्लंघन गरिएको भन्दै डेढ लाख डलर अर्थात् डेढ करोड रुपैयाँभन्दा बढीको माग दाबी गर्दै मुद्दा दायर गरिएको छ ।
सेलेब्रिटी न्युज एजेन्सीका बेकग्रिडले अमेरिकन डिस्ट्रिक्ट कोर्ट क्यालिफोर्नियामा मुद्दा दायर गरेका हुन् ।
उनले अनुमति बिना तस्वीर प्रयोग गरी अमेरिकाको संघीय कानुनको उल्लंघन गरेको आरोप लगाएका छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।