
काठमाडौं – उत्तर कोरियाले बिहीवार विशाल रकेट लोन्चर परीक्षण गरिएको पुष्टि सोमवार गरेको छ ।
सरकारी सञ्चारमाध्यमले उक्त परीक्षणबाट कम्ब्याट पर्फर्मेन्स र सुपरसोनिक हतियारको उच्च स्तर कायम भएको लेखेको छ ।
उत्तर कोरियाको साउथ प्योनगानबाट दुईवटा प्रोजेक्टाइल प्रक्षेपण गरिएको पत्ता लागेको भनी दक्षिण कोरियाले बताएको भोलिपल्छ उत्तरले रकेट लोन्चरको घोषणा गरेको हो ।
त्यसको परीक्षणलाई किम जोङ–उनले निगरानी गरेका थिएनन् । उत्तरले यस वर्ष परीक्षण गरेको यो १२औं हतियार हो ।
बिहीवारको परीक्षण लोन्चरहरूको निरन्तर अग्निप्रक्षेपण प्रणालीको सुरक्षालाई सत्यापन गर्न गरिएको कोरियन सेन्ट्रल न्युज एजेन्सीले लेखेको छ ।
एजेन्सी