२७ जेठ २०८३, बुधबार

इथियोपियामा पहिलोपटक महिला राष्ट्रपति निर्वाचित

कात्तिक १८, २०७६
इथियोपियामा पहिलोपटक महिला राष्ट्रपति निर्वाचित

काठमाडौं – इथियोपियाका सांसदहरूले देशमा पहिलोपटक महिला राष्ट्रपति निर्वाचित गरेका छन् । 

अनुभवी कूटनीतिकर्मी साहले–वर्क जेवदेलाई राष्ट्रपति निर्वाचित गरिएको हो । पूरै अफ्रिका महादेशमा उनी एक मात्र महिला राष्ट्रपति हुन् । 

प्रधानमन्त्री अबी अहमदले मन्त्रिमण्डलमा आधा मन्त्री महिलालाई नियुक्त गरेको एक हप्तापछि जेवदेलाई सम्माननीय पदमा निर्वाचित गरिएको हो । 

पदको शपथ लिएपछि राष्ट्रपति जेवदेले इथियोपियामा लैंगिक समानताका लागि प्रयास गर्ने बताइन् । 

संसद्लाई सम्बोधन गर्दै उनले शान्ति प्रवर्द्धन गर्ने प्रतिज्ञा पनि गरिन् । उनले भनिन्, ‘एक आमाको नाममा म तपाईं सबैलाई शान्ति कायम गर्न आग्रह गर्छु । शान्तिको अभावको पहिलो पीडित एक आमा नै हुन् ।’

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्