
काठमाडौं, २४ चैत - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विरुद्धमा परेको मुद्दामा आज सर्वोच्च अदालतमा बहस हुँदै छ । देउवालाई विपक्ष बनाएर दायर भएको अबहेलना मुद्दामा आज बहस हुन लागेको हो ।
अधिवक्ता हरि मैनालीले सर्वोच्चमा रिट दायर गरेका थिए । न्यायधीश ईश्वरप्रसाद खतिवडाको बेन्चमा सो मुद्दा परेको छ ।
प्रहरी प्रमुखको नियुक्तीमा सर्वोच्च अदालतले गरेको फैसलालाई नेपाली कांग्रेसको केन्द्रीय समिती बैठकले गलत ढंगले व्याख्रृकया गरेको भन्दै रिट परेको हो । कांग्रेसको केन्द्रीय समितिको बैठकले अदालतले सरकारको कार्यकारी अधिकारमाथि हस्तक्षप गरेको निष्कर्श निकाले थियो ।
सरकारले डिआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय गरेपछि अदालतले सो निर्णयलाई खारेज गरिदिएको थियो । अबहेलना मुद्दा ठहरेमा देउवाले एक लाख कैद वा एक वर्ष जेल वा दुबै सजायँ पाउन सक्छन् ।