काठमाडौं, २४ चैत – सुगम संगीत गायक स्वरुप राज आचार्यले यो साँझ लिएर आएका छन् । उनको यो गीत युट्युबमा सुन्न सकिन्छ ।

गीतमा स्वरुप राज आचार्यले स्वर दिएका छन् । सोहन घिमिरेले गीतमा संगीत भरेका छन् । शब्द पनि घिमिरेकै छ । दिपेश राज रेग्मीले गीतको भिडियोलाई निर्देशन गरेका हुन् ।