२२ जेठ २०८३, शुक्रबार

चर्चित लोकगायक खड्ग गर्बुजाको एकल गायन कार्यक्रम हुने

कात्तिक २०, २०७४
चर्चित लोकगायक खड्ग गर्बुजाको एकल गायन कार्यक्रम हुने
काठमाडौं, २४ चैत – चर्चित लोकगायक खड्ग गर्बुजाको एकल लोक गायन कार्यक्रम हुने भएको छ । म्याग्दी कलाकार संघ काठमाडौंले कार्यक्रमको आयोजना गर्न लागेको हो ।

मौलिक गीत तथा सालैजो गायकका रुपमा परिचित गर्बुजाको एकल कार्यक्रमका लागि तयारी तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ ।
म्याग्दीको बेनीमा पत्रकार सम्मेलन गर्दै संघकी उपाध्यक्ष मीना गर्बुजाले प्रायोजकको खोजी र अन्य तयारी हुँदै गरेको बताएकी थिइन् ।

कार्यक्रममा गर्बुजाले २० भन्दा बढी गीत प्रस्तुत गर्नेछन् । आउँदो महिना बैशाख १६ गते प्रज्ञा प्रतिष्ठान, कमलादीमा दिउँसो १ बजे कार्यक्रम हुने आयोजकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्