
काठमाडौं, २४ चैत - पोखरामा जंगली च्याउ खाएर तीन जनाको मृत्यु भएको छ । १९ गते जंगली च्याउ खाएर विरामी पर्दा २१ गते अस्पताल भर्ना भएका उनीहरूको विहीवार निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा १९ लामा बगरी ६० वर्षकी माइली तामाङ, माइलीकी अविवाहित छोरी १९ वर्षकी मनमाया तामाङ र मालीका नाती ८ वर्षकी सोनाम मगरको ज्यान गएको हो ।
माइलीका अर्का नाती आयुष मगर चाहिँ विरामी परेका छन् । कास्की प्रहरीका डिएसपी खड्गबहादुर खत्रीका अनुसार ज्यान गुमाउने सबैको पोखरामै उपचार भइरहेको थियो ।