२२ जेठ २०८३, शुक्रबार

जोगाउन भन्दै युवतीहरुलाई यस्तो सास्ती !

कात्तिक २०, २०७४
जोगाउन भन्दै युवतीहरुलाई यस्तो सास्ती !
यूवतीहरुको महत्वपूण अंगको रुपमा स्तनलाई लिने गरिन्छ । स्तन महिलाले शिशुलाई स्तनपान गराउन मात्र नभई आकर्षक शरीर बनाउनका लागिसमेत विशेष हेरचाह गर्ने गरेका छन् ।
यूवतीहरुको स्तन आर्कषक बनाउन विभिन्न विधीहरु संसारमा विकसित गरिएका छन् । कतै सर्जरी, कतै औषधी त कतै त्यस्तै खाले भित्रि लुगा (ब्रा) बनाउने गरिएको छ ।

तर संसारमा यस्ता ठाँउ पनि छन जहाँका यूवतीको स्तनलाई बढ्न दिईदैन । संयुक्त राष्टसंघको एक रिपोर्ट अनुसार बलात्कारबाट बच्ने नाममा युवतीहरुले क्रुर याताना सामना गर्ने गरेका छन् । यसका लागि गरुंगो र तातो ढुंगा र फलाम युवतीहरुको छातीमा राख्ने गरिएको छ ।

उनीहरुको स्तनलाई समतल पार्नका लागि यस्तो गरिएको हो । दुनियाँभरमा ३८ लाख युवती छन् जसले यस्तो क्रुर यातना सहिरहेका छन् । संयुक्त राष्टसंघका अनुसार नाइजेरिया, दक्षिण अफ्रिका, क्यामरुन लगायतका देशमा मात्रै नभएर बेलायतमा समेत यस्तो गरिदैँ आएको छ । यस्तो गर्नूको पछाडि महिलामाथि हुने यौन दुव्यवर्हार र बलात्कारको घटना जिम्मेवार छ ।

मानिसहरु महिलाको स्तनलाई सम्म पारेपछि उनीहरु पूरुषजस्तै देखिने विश्वासका साथ यस्तो गर्छन् । लेखिका लैला हुसेनले यस्तो तरिकालाई मूर्खतापूर्ण कामको संज्ञा दिएकी छिन् । उनले मानिसहरुलाई आफ्ना छोरी यस्तो गर्दा सुरक्षित हुने विश्वास भएपनि यस्तो कार्यले थुप्रै रोग बढाउने बताएकी छिन् ।

ब्रिटेन, आयरल्याण्ड लगायतका देशामा यस्तो अत्याचारबाट महिलालाई बचाउन वुमन्स एन्ड गल्र्स डेभलपमेन्ट अर्गानाइजेशनले च्यारिटी गर्दै आएको छ । यसका लागि अर्गानाइजेशनले पुलिस, सामाजिक कार्यकर्ता, स्वास्थ विभाग तथथा स्कुलसँग सहकार्य गर्छ ।

अधिकांश १२ देखी १५ वर्षका किशोरीहरुलाई यसरी गरुंगो फलाम वा पत्थर राखेर यातना दिने गरिन्छ । तर यस्तो कामले क्यान्सर, अल्सर, स्तनको संक्रमण लगायतका विभिन्न रोग लाग्न सक्छन् । त्यस्तै स्तन नै पुरै तरिकाले गायब हुनसक्छ । जसका कारण आमा बनेपछि युवतीहरुलाई निकै हैरानी व्यहोर्नुपर्छ ।

salt training

कमेन्ट गर्नुहोस्