काठमाडौं – प्रहरीे एक युवकलाई पिटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
भारतको बिहारस्थित सारण जिल्लाको तरैया कार्यालयका प्रहरीहरूले एक युवक कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।
प्रहरीले बिहीवार बाइक चोरीको आरोपमा ती युवकलाई गिरफ्तार गरेको थियो । स्थानीयहरूले बाइक चोर्दे गर्दा ती युवकलाई रंगेहात समातेर प्रहरीलाई बुझाएका थिए ।
भिडियोमा ती युवकलाई एक प्रहरीले समातेर अर्को प्रहरीले लठ्ठीले कुटेको देख्न सकिन्छ । एजेन्सी