३१ जेठ २०८३, आइतबार

जब प्रबुद्ध समूहका भारतीय सदस्यहरू एकघण्टा हराए...

कात्तिक २०, २०७४
जब प्रबुद्ध समूहका भारतीय सदस्यहरू एकघण्टा हराए...
काठमाडौं २४ चैत्र - बिहिवार बिहान १० बजे भेटनेगरी प्रबुद्ध समूहका नेपाली सदस्यहरु बुधवार बिदा भएका थिए । पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रबुद्ध समूहका नेपाली सदस्य १० बजे काठमाडौंको दरवारमार्ग स्थित अन्नपूर्ण होटलमा पुग्यो ।
नेपाली टोली अन्नपूर्ण होटल पुग्दा भारतीय टोलीका सदस्यहरु फेला परेनन् । विना कुनै सूचना प्रबुद्ध समूहका सदस्यहरु अन्नपूर्ण होटल छाडिसकेका कारण नेपाली टोलीका सदस्यहरुबीच एकछिन सन्नटा छायो । बालबालिकाको लूकामारी खेल जस्तो भयो प्रबुद्ध समूहको बैठक ।

नेपाली टोलीका सदस्यहरु आधा घण्टा भन्दा बढी सम्म कुरे, तर भारतीय टोलीका सदस्यहरु आएनन् । भारतीय टोलीलाई भेटाउन अर्को आधा घण्टा कुर्नु पर्यो । दुइदेशका प्रबुद्ध समूहको यति महत्वपूर्ण बैठक एक पक्ष उपस्थित नहुदा वेबारिशे जस्तो भयो । सामान्यतया दुइदेश बीचका यस्ता बैठक पूर्वनिर्धारित समयमै बस्ने गर्दछ ।

नेपाली पक्षका सदस्यहरु कफी खादै भारतीय टोलीलाई कुरी रहे । एकघण्टा भन्दा ढिलागरी प्रबूद्ध समूहको बैठक सुरु भयो । नेपाली टोलीको नेतृत्व पूर्व परराष्ट्रन्त्री भेषबहादुर थापा र भारतीय टोलीको नेतृत्व भारतीय जनता पार्टीका नेता भगतसिंह कोश्यारीले गरेका थिए ।

कहाँ गएका थिए भारतीय टोली ?

नेपाली टोलीलाई कुराएर भारतीय टोली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटन गएका थिए । भारतीय राजदूत मन्जिभ सिंह पुरीले टोलीका सदस्यलाई प्रचण्डसँग भेटल लगेका थिए ।

बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धी, व्यापार, पारवहन, जलस्रोत सम्बन्धी चारवटा बिषयमा छलफल भएपनि कुनै पनि टुंङ्गोमा पुग्न नसकेको नेपाली टोलीका एक सदस्यले बताए ।

salt training

कमेन्ट गर्नुहोस्