०८ साउन २०८३, शुक्रबार

सुरक्षा सतर्कताप्रति नेपाल गम्भीर

कात्तिक २४, २०७६
सुरक्षा सतर्कताप्रति नेपाल गम्भीर

काठमाडौं – अन्तर्राष्ट्रिय सङ्गठित अपराध तथा आपराधिक समूहमाथि निगरानी र नियन्त्रण गर्न नेपाल सक्षम र सफल देखिएको छ ।

नेपालको सुरक्षा संवेदनशीलता तथा सतर्कताको अवस्थालाई लिएर आएका कतिपय बाह्य प्रतिवेदनमा सत्यता नभएको दाबी सुरक्षा अधिकारीको छ । अन्तर्राष्ट्रिय आपराधिक समूहसम्बन्धी सूचना आदानप्रदान, समन्वय तथा निगरानी गर्न नेपाल प्रहरीको प्रतिआतङ्कवाद (विशेष ब्युरो) दक्षिण एसियामै अब्बल भएको दाबी पनि छ ।

'नेपाल आतङ्कवादी समूहको प्रयोग भूमि हुनसक्ने कुरामा कुनै दम छैन,' गृह मन्त्रालय सम्बद्ध अधिकारी भन्छन्, 'संयुक्त राज्य अमेरिका र भारतले कतिपय अवस्थामा आँैल्याएको जस्तो सुरक्षा अवस्थामा नेपाल विलकुुलै कमजोर छैन, बरु अब्बल छ ।'

'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्था र खुला सिमानाको सुरक्षा संवेदनशीलताप्रति सरकार गम्भीर छ । अध्यागमन विभागका प्रमुख ईश्वरीराज पौडेलले विमानस्थल अध्यागमन सुरक्षा जाँच अबको एक महिनाभित्र प्रविधिबाट हुन लागेको बताए। 'स्वदेशमै निर्मित ‘नेपाली पोर्ट सिस्टम (सफ्टवेयर)’ जडान हँुदैछ, मानवीय कमीकमजोरी छन् भने पनि अब प्रविधिले औँल्याउने छ, बाहिरी हल्लाको पछि लाग्नुभन्दा आन्तरिक सुरक्षा व्यवस्था मजबुत तुल्याउन सक्रिय छौंँ,' उनले भने।

अध्यागमन सुरक्षा व्यवस्था मान्छेले होइन, प्रविधिले गर्ने भएकाले ढुक्क हुन आग्रह गर्दै उनले नियतवस गरिने मानवीय कमीकमजोरीबाहेक प्राविधिक तथा सुरक्षा कमजोरी नरहेको दाबी गर्नुभयो । सरकारले अमेरिकी पाइसेज सफ्टवेयरको सट्टा स्वदेशी पोर्ट सिस्टम राख्ने तयारी गरेको हो । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्