२१ जेठ २०८३, बिहीबार

निर्वाचनपछि संविधान कार्यान्वयनले पूर्णता पाउने

कात्तिक २०, २०७४
निर्वाचनपछि संविधान कार्यान्वयनले पूर्णता पाउने

भीमदत्तनगर, २४ चैत - नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडूले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि संविधान कार्यान्वयन पूर्णता पाउने बताउनुभएको छ ।

नेपाली काँग्रेस कञ्चनपुरले आज भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधानले कल्पना गरेको संरचनाअनुसार हुने निर्वाचनमा सबै राजनीतिक दल सहभागी हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

असन्तुष्ट सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चा र अन्य पक्षसँग वार्ता र संवादका माध्यमबाट सहमतिका लागि पहल भइरहेको बताउँदै उहाँले भन्नुभयो, “सबैलाई निर्वाचनमा सहभागी गराउन काँग्रेसले छलफल चलाइरहेको छ, मुलुकको समृद्धि र आर्थिक विकासका लागि काँग्रेस अभिभावकत्वको भूमिका निभाउन तयार छ ।” रासस

salt training

कमेन्ट गर्नुहोस्