
काठमाडौं – भारतले कालापानी तथा लिपुलेक अतिक्रमण गरेको विरोधमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन युवा संगठन र विद्यार्थी संगठन अनेरास्ववियूले हस्ताक्षर अभियान शुरू गरेको छ ।
हस्ताक्षर अभियान आइतवार बिहानदेखि शुरू भएको हो ।
अभियानमा नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेलगायतका नेताहरूको सहभागीता रहेको छ ।
भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग समेटेको विरोधमा अहिले सर्वत्र विरोध भइरहेको छ । विभिन्न राजनैतिक संगठन तथा अन्य संगठनहरूले विभिन्न विरोध कार्यक्रमहरू गरिरहेका छन् ।