२५ जेठ २०८३, सोमबार

मन्त्रिपरिषद् पुनर्गठन तयारी

कात्तिक २५, २०७६
मन्त्रिपरिषद् पुनर्गठन तयारी

काठमाडौं –  सरकार गठन भएको २० महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य अगाडि बढाएका छन् ।

प्रधानमन्त्री सचिवालयका साथै मन्त्रिपरिषद् हेरफेर गर्नेबारे आइतबार उनले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका छन् । यही विषयमा छलफल गर्न उनले सोमबार पार्टीको सचिवालय बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको चाहनाअनुसार सचिवालयका सबै सदस्यले मंसिर १ देखि लागू हुने गरी राजीनामा दिने तय भइसकेको छ । ‘मंसिर १४ को उपचुनावअघि नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी छ,’ स्रोतले भन्यो, ‘सम्भवतः उपचुनावअघि नै मन्त्रिपरिषद् पुनर्गठन गर्नुहुन्छ । केहीबाहेक अधिकांश मन्त्रीको कार्यसम्पादन औसतभन्दा माथि नउठेपछि प्रधानमन्त्रीले पूरै फेरबदल गर्नखोज्नु भएको हो ।’

मन्त्रीहरूको कार्यशैली चुस्त र प्रभावकारी बनाउन कार्यसम्पादन सम्झौता गरे पनि अपेक्षित परिणाम नआएकामा प्रधानमन्त्री असन्तुष्ट रहँदै आएका थिए । केही समयअघि भएको समीक्षामा कामै नभएको भन्दैउनले आपत्ति जनाएका थिए । ‘प्रधानमन्त्री अधिकांश मन्त्रीको कामबाट सन्तुष्ट हुनुहुन्न, केहीको काम मात्र सन्तोषजनक मान्नुभएको छ,’ उक्त स्रोतले भन्यो, ‘त्यसैले केही मन्त्री मात्र दोहोरिन सक्छन् ।’

नेकपा अध्यक्षसमेत रहेका ओलीलाई मन्त्रिपरिषद् पुनर्गठन गर्न पार्टीभित्रैबाट पनि दबाब थियो । मन्त्रीहरू फेर्ने कुरामा अर्का अध्यक्ष दाहालको पनि सहमति छ । आइतबारको भेटमा दुई अध्यक्षबीच कुन–कुन मन्त्रीलाई हटाउने र कसलाई ल्याउने भन्नेबारे प्रारम्भिक छलफल भएको स्रोतले जनायो । कान्तिपुर दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्