२८ जेठ २०८३, बिहीबार

भुटानसँग समेत निरन्तर व्यापार घाटा

कात्तिक २५, २०७६
भुटानसँग समेत निरन्तर व्यापार घाटा

काठमाडौं –चालू आवको पहिलो तीन महिनामा नेपालले भुटानसँग ५३ करोड ५४ लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको छ ।

अघिल्ला दुई आवमा पनि नेपालको भुटानसँगको व्यापार घाटामै थियो । गत आव ०७५/७६ मा नेपालले भुटानसँगको व्यापारमा १ अर्ब ५१ करोड १३ लाख रुपैयाँ नोक्सान व्यहोरेको थियो । आव ०७४/७५ मा नेपालको भुटानसँगको व्यापार १ अर्ब ५६ करोड १९ लाख रुपैयाँले घाटामा थियो ।

 के आउँछ भुटानबाट ?
भन्सार विभागका अनुसार भुटानबाट नेपालले सुकेका फलफूल, जुस, जिप्सन, प्लास्टर, औषधि, मूर्ति, सिमेन्ट क्लिंकर, काठका सामग्री तथा किचेन वेयरलगायत आयात गर्दै आएको छ ।  

 के जान्छ नेपालबाट ? 
नेपालले भुटानमा गार्मेन्ट, कार्पेट, दालमोठ तथा भुजिया, अगरबत्ती, साबुन, काठका सामग्री, पिठोलगायतका वस्तु निर्यात गर्दै आएको छ । दालमोठ तथा भुजिया, साबुन र पिठो नियमितजस्तै निर्यात हुने गरेको भन्सार विभागको तथ्यांक छ । 

 व्यापार सन्तुलन बनाउने रणनीति बनाएका छौँ 
 नवराज ढकाल,सहसचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
नेपालले अहिले रणनीति नै बनाएर उत्पादन तथा निर्यात वृद्धि र आयात प्रतिस्थापनका नीति तथा कार्यक्रमहरू अघि बढाएको छ । सोहीअनुसार हामीले निर्यातमा नगद प्रोत्साहन तथा केही वस्तुको आयातमा कडाइ गरेका छौँ । त्यस्तै, क्षेत्रीय तथा दुईपक्षीय व्यापार वार्तामा समेत हामीले व्यापार सन्तुलनलाई जोड दिँदै आएका छौँ । सार्कमा भारत र बंगलादेशबाहेकका मुलुकसँगको हाम्रो व्यापार स्थिर छैन ।  नयाँ पत्रिका दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्