३० जेठ २०८३, शनिबार

एआईजी बढुवा सिफारिसले सशस्त्रमा भाँडभैलो

कात्तिक २०, २०७४
एआईजी बढुवा सिफारिसले सशस्त्रमा भाँडभैलो
काठमाडौं, २५ चैत-सशस्त्र प्रहरीमा एक साताअघि भएको नायव महानिरीक्षक (डीआईजी) बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै डीआईजी उत्तम खड्काले बिहीबार लोकसेवा आयोगमा उजुरी दर्ता गरेका छन् । उनको यो उजुरी दर्तासँगै एआईजी बढुवा अब दुई साताभन्दा बढी धकेलिएको छ । उनले उजुरी दर्ता नगरेको भए अब बस्ने मन्त्रिपरिषद बैठकले एआईजी बढुवा गर्ने सम्भावना थियो ।dig_1

सशस्त्र प्रहरी बलमा रिक्त तीन एआईजी पदका लागि १८ चैतमा बढुवा समितिले डीआईजीहरु पुष्पराम केसी, नारायणबाबु थापा र रामशरण पौडेलको नाम सिफारिस गरेको थियो । एआईजीको बढुवा सिफारिस समितिमा गृह सचिव र सशस्त्र प्रहरी महानिरीक्षकसहितको दुई सदस्य रहने प्रावधान छ ।

सशस्त्र प्रहरी नियमावली २०७२ मा बढुवामा चित्त नबुझेमा बुवा सिफारिस गरिएको एक साताभित्र लोकसेवा आयोगमा उजुरी गर्न सक्ने प्रावधान छ । लोकसेवामा आयोगका अध्यक्षको नेतृत्वमा मुख्यसचिव र कानुन सचिव सदस्य रहेको उजुरी सुन्ने समिति लोकसेवा आयोगमा रहेको छ । समितिले १५ दिनभित्र उजुरी उपर छानविन गरेर निर्णय सुनाउनुपर्ने प्रावधान छ ।

नेपाली सेनाबाट सशस्त्र प्रहरीमा आएका खड्का वरीयतामा एक नम्बरका डीआईजी हुन् । उनले वरिष्ठता मिच्दै बढुवा समितिले आफूखुसी सिफारिस गरेको उजुरीमा उल्लेख गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्