काठमाडौं – साताको दोस्रो दिन सोमवार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।
शुक्रवार केही घटेको सुनको मूल्य आइतवार र सोमवार पुनः उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले वृद्धि भएको छ ।
महासंघले सोमवारका लागि छापावाल सुनको प्रतितोला ७१ हजार २०० रुपैयाँ निर्धारण गरेको छ । तेजाबी सुनको मूल्य पनि प्रतितोला २०० रुपैयाँले वृद्धि भई ७० हजार ९०० रुपैयाँ पुगेको छ ।
सोमवार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ७० हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ ।
चाँदी ५ रुपैयाँले वृद्धि भई प्रतितोला ८४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।