२१ असार २०८३, आइतबार

आयोजनाहरुलाई छिटो सम्पन्न गर्न स्पीडमा काम गर्दैछौं : खानेपानी मन्त्री

कात्तिक २५, २०७६
आयोजनाहरुलाई छिटो सम्पन्न गर्न स्पीडमा काम गर्दैछौं : खानेपानी मन्त्री

बर्दिया - खानेपानी मन्त्री बिना मगरले अब बन्ने खानेपानी ऐनले खानेपानीसँग सम्बन्धित धेरै किसिमका विवादहरु हल गर्ने बताएकी छन् । 

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ बर्दियाले आयोजना गरेको ‘स्थानीय स्तरमा खानेपानी तथा सरसफाइको अवस्था, खानेपानी र सरसफाइ अधिकार नीतिगत आवश्यकता र चुनौतीहरू विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री मगरले खानेपानी ऐनले अहिले देखिएका धेरै विवादहरु हल हुँदै जाने बताएकी हुन् । 

मन्त्री मगरले प्रत्येक नागरिकलाई खानेपानीको पहुँच पु-याउन आवश्यकताका आधारमा योजनाहरु बनाएर अघि बढ्ने बताइन् । ‘हिजोका दिनमा योजनाहरु धेरै बने,’ मन्त्री मगरले भनिन्, ‘भएका योजनाहरु समेत भद्रगोल अवस्थामा पुग्यो ।  अब संघ र प्रदेश सरकारले आवश्यकताका आधारमा योजना बनाउनुपर्ने हुन्छ । व्यक्तिको पहुँचको आधारमा योजना बनाएर होइन जनताको आवश्यकता र समस्याको आधारमा योजना बनाउनुको विकल्प छैन । सम्पन्न हुन बाँकी रहेका आयोजना र समस्यामा परेका आयोजनाहरुलाई प्राथमिकता दिएर अगाडि बढाउन मैले निर्देशन दिईसकेको छु ।’


खानेपानी र सरसफाइको क्षेत्रमा देशैभरिको गुरुयोजना बनाएर अघि बढ्ने उनले बताइन । ‘खानेपानीका समस्याहरुलाई नीतिगत रुपमा कसरी समाधान गर्ने भन्ने विषयमा मन्त्रालयले योजना बनाउने छ,’ उनले भनिन्, ‘समस्यालाई केन्द्रीकृत गरेर अघि बढ्नुपर्नेछ । योजनाका जटिलतालाई हामीले ध्यान दिएका छौं । मन्त्रालय मातहत रहेका ठूला आयोजनाहरुलाई अगाडि बढाउने सन्दर्भमा अब स्पीडमा काम गर्दैछौं ।’


‘हामीले खानेपानीको समस्या भोगिरहेका हरेक गाउँबस्ती, टोल, र शहर बजारमा खानेपानीको सहज आपूर्ति व्यवस्था मिलाउन नयाँ ठूला आयोजनाहरु सञ्चालन गर्ने तयारीमा छौं,’ उनले भनिन्, ‘जटिलताका बीच खानेपानीको पहुँचको सुनिश्चितता गर्नु अहिलेको प्रमुख आवश्यकता हो । संघ, प्रदेश र स्थानीय सरकारले जनताको समस्या र आवश्यकतालाई प्राथमिकता दिएर योजना बनाउनु पर्दछ । यस कुरामा सबै तहका सरकारहरु जिम्मेवार बन्नै पर्दछ ।’

salt training

कमेन्ट गर्नुहोस्