एजेन्सी- अमेरिकाका ३३ वर्षीय एक जनाले पत्नीले बलिउड अभिनेता ऋतिक रोशनलाई मन पराएको भनेर हत्या गरेका छन् ।
भारतीय सञ्चारमाध्यम अमरउजलाका अनुसार आरोपीका नाम हो दिनेश्वर बुद्धिदात हो । उनले आफ्नी २७ वर्षीया पत्नी डोन्ने डोजोयलाई चक्कु प्रहार गरी हत्या गरेका हुन् ।
उनी बारटेन्डरको काम गर्थिन् । पत्नीको हत्यापछि उनले पनि आत्महत्या गरेका छन् । डोजोयका साथीहरूले बताएअनुसार बुद्धिदात आफ्नी पत्नीदेखि जलन हुन्थ्यो किनकि उनी ऋतिक रोशनको ठूलो शुभचिन्तक थिइन् ।
बताइएअनुसार अभिनेताप्रतिको माया र लगावकै कारण उनको हत्या भएको हो ।
५२ वर्षीया माला रामधानीले भनिन्, 'उसले मलाई भनेकी थिइन् कि जब आफूले ऋतिकको गीत हेर्दा पनि पतीले बन्द बन्द गरिदिन्छन् ।'
यी दुवैको जुलाईमा विवाह भएको थियो ।