काठमाडौं, २५ चैत– सानिमा बैंकले आफ्ना सेयरधनीका लागि साढे १ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।
बैंकले १० कित्ता साधारण सेयर बराबर नयाँ ३ कित्ताको दरमा १०० रुपैयाँ अंकित दरमा १ करोड ५९ लाख १७ हजार ६ सय १७ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको छ ।
बैंकले आगामी वैशाख १७ गतेदेखि हकप्रद निष्काशन गर्न लागेको हो । २०७३ चैत १७ गतेसम्म साधारण सेयर खरिद गरेका सेयरधनीले हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन् । हकप्रद खरिदका लागि २०७४ जेठ २१ गतेसम्म आवेदन दिन सकिने छ ।
बैंकले हकप्रद निष्काशनका लागि सिबिआईएल क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ ।
हाल ५ अर्ब ३० करोड ५८ लाख ७२ हजार ३ सय रुपैयाँ रहेको बैंकको चुक्ता पूँजी हकप्रद निष्काशन पछि ६ अर्ब ८९ करोड ७६ लाख ३४ हजार पुग्ने छ ।