२४ असार २०८३, बुधबार

गुरु नानक जयन्तीका अवसरमा विविध कार्यक्रम

कात्तिक २६, २०७६
गुरु नानक जयन्तीका अवसरमा विविध कार्यक्रम

काठमाडौं– शिख धर्मका प्रवर्तक गुरु नानकको ५५०औं जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । 

उनले शिख धर्मग्रन्थ ‘गुरु गन्थ साहिब’ को रचना गरे । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुआत उनले गराए ।

गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु गन्थ साहिब’ पाठ गराउनका साथै साधुसन्तलाई भण्डारा गरिएको स्वामी गोकुलानन्दले जानकारी दिए ।

पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी उनको जन्मजयन्ति मनाइँदैछ ।

प्रमुख वैष्णव सम्प्रदायमध्ये निम्बार्क सम्प्रदायका प्रवत्र्तक जगद्गुरु निम्बार्कको जन्मजयन्ती पनि आजै मनाइँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्