२४ जेठ २०८३, आइतबार

सुनिललाई कपिलको शोमा फर्काउन सोनी च्यानलको अनौठो प्रयास

कात्तिक २०, २०७४
सुनिललाई कपिलको शोमा फर्काउन सोनी च्यानलको अनौठो प्रयास

काठमाडौं, २५ चैत — कपिल शर्मा र सुनिल ग्रोवर भारतीय मनोरञ्जनात्मक टिभीका ठूला न्युज बन्न पुगेका छन् । प्रत्येक दिन उनीहरूको बारेमा केही न केही अपडेट आइरहेको हुन्छ ।


सुनिलले सोनी च्यानलको सांगीतिक रियालिटी शो इन्डियन आइडलको सीजन ९ को फाइनलमा देखापरेर डा. मशहूर गुलाटी र रिंकु देवीको चरित्र खेले । उनी त्यसमा दर्शकलाई हँसाउन सफल पनि भए ।

सुनिलको सोनीसँगको सम्झौता टुंगिएको छैन । त्यसैले उनले सोनीलाई कपिलको बाहेक अरू नै शोहरूमा खेल्नको लागि आफू उपलब्ध रहेको बताएका छन् । त्यही भएर उनी इन्डियन आइडलमा देखापरेका हुन् ।

तर सोनी च्यानलले उनलाई कपिलको शोमा फर्किनका लागि फकाइरहेको छ । सोनीले उनलाई भनेको छ, ‘तिमी कपिलको शोमा आऊ, कपिलसँग तिम्रो अन्तर्क्रिया खासै हुने छैन । ऊ फ्रेममा हुँदा तिमी हुने छैनौं । तिमीहरूको जम्काभेट नै हुने छैन ।’

यही बेला कपिललाई चाहिँ सोनीले सुनिलसँग कुरा मिलाउन आग्रह गरेको छ । सुनिल र कपिलबीच झगडा भएकाले प्राइम टाइमको शोमा असर परिरहेको भएर सोनी चिन्तित छ ।

सोनीले कपिलको शोमा सबै सेल फोन र क्यामरा ल्याउन प्रतिबन्ध लगाएको छ । तस्वीरहरू लीक नहुन् भन्नका खातिर यसो गरिएको सोनी बताउँछ ।

कपिलसँग भेट नगराउने गरी शोमा आउने शर्त सुनिलले मान्लान् त ? अब शोको नामै द कपिल शर्मा शो भएपछि सुनिललाई काउसो लागिहाल्छ नि ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्