काठमाडौं, २५ चैत– यातायता व्यवास्था विभागले जेठ दोस्रो सातादेखि भुकम्पपीडितलाई ट्याक्सी उपलव्ध गराउने भएको छ ।

वैशाख २६ गतेदेखि गोलाप्रथाबाट नम्बर छनोट गरेर उपलव्ध गराउने योजना भएको भए पनि स्थानीय निकाय निर्वाचनका कारण ढिलाई हुने भएको विभागले जनाएको छ । विभागका अनुसार सवै कर्मचारी स्थानीय तहको निर्वाचनमा खटिने भएका कारण मिति सार्नु परेको हो ।
जेठ १३, १४ र १५ गते ट्याक्सी नम्बर उपलव्ध गराउने विभागले जनाएको छ । यसका लागि सरकारले गत साउनमा आवेदन माग गरेको थियो ।
१५ सयवटा नम्बरका लागि करिब १ लाख ४८७ हजारले आवेदन दर्ता गराएका छन् । आवेदक भूकम्पपीडितलाई गोलाप्रथाबाट छनोट गरी १५ सय जनालाई ट्याक्सी खरिद गर्न दिइने विभागले जनाएको छ ।