![भाइरल भयो अक्षय कुमार र रोहित शेट्टीबीच भएको कुटपिटको भिडियो [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/12_11_2019-akshay_kumar_19748376_hNBfNSq3Px.jpg)
काठमाडौं – बलिउडका स्टार्सहरूबीच बेलाबखत टकराव आइरहन्छन् । मंगलवार पनि यस्तै भएको छ ।
अक्षय कुमार र रोहित शेट्टीबीच विवाद भएको छ । मिडियाका अनुसार, अक्षय र रोहितबीच फिल्म सूर्यवंशीलाई लिएर विवाद भएको हो । अहिले दुवै जनाको बोलचाल बन्द भएको हो । यो खबरपछि अक्षय कुमार र रोहित शेट्टीले जवाफ समेत दिएका छन् ।
अक्षयले एक भिडियो शेयर गरेका छन्, जसमा उनले रोहित शेट्टीका साथ फेक फाइटिङ गरेका छन् । यस भिडियोको माध्यमबाट उनले उक्त समाचारको खण्डन गरेका हुन् ।
अक्षयले शेयर गरेको भिडियोम पहिला क्याटरिना कैफ समाचार देखाउँदैछिन्, भने अक्षय र रोहित एकआपसमा झगडा गर्दैछन् । केही मानिसहरू आएर उनीहरूलाई छुटाउँछन् । एजेन्सी
हेर्नुहोस् भिडियो
#BreakingNews - A fallout which might just make your day 🙃 pic.twitter.com/gH2jgTQqhT
— Akshay Kumar (@akshaykumar) November 12, 2019