०४ असार २०८३, बिहीबार

राति गुड्ने गाडी किन हुन्छ धेरै दुर्घटना ? यस्तो छ कारण

कात्तिक २७, २०७६
राति गुड्ने गाडी किन हुन्छ धेरै दुर्घटना ? यस्तो छ कारण

उपत्यकामा रातको समयमा दैनिक ५ वटाभन्दा बढी सवारी दुर्घटना हुने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार राति गुड्ने गाडीको अनुपातमा दुर्घटना बढी हो । ०७५ असारदेखि ०७६ असारसम्म उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरमा ८ हजार ५ सय ११ दुर्घटना भएको थियो ।
साँझ ६ देखि राति १२ बजेसम्म मात्रै २ हजार ७८ दुर्घटना भएका छन् । यो तथ्यांकले उपत्यकामा हुने दुर्घटना झन्डै २५ प्रतिशत साँझमा हुने गरेको पुष्टि गर्छ । उपत्यकामा दैनिक सरदर २३ दुर्घटना हुने गरेकोमा साँझमा मात्रै ५ वटा हुने गरेको महाशाखाले जनाएको छ । 
 ‘साँझमा दुर्घटना हुनुको मुख्य कारण सडकबत्ती नहुनु नै हो,’ महाशाखा प्रमुख भीमप्रसाद ढकालले भने, ‘सवारीसाधनबाट जति लाइट आउँछ, अधिकांश सडक त्यसको आधारमा उज्यालो हुन्छ । साँझमा हुने दुर्घटनाको एउटा कारण सडकबत्ती पनि हो ।’
उपत्यकामा दुर्घटनाको कारणमध्ये सवारी चालकको लापरबाही मुख्य हो । अन्य कारणमा तीव्र गति, मापसे, यान्त्रिक गडबडी, ओभरटेक, पैदलयात्रुको लापरबाही, सडकको अवस्थालगायत छन् । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्