०१ असार २०८३, सोमबार

माछा मार्दा करेन्ट लागेर १ युवतीको मृत्यु

कात्तिक २७, २०७६
माछा मार्दा करेन्ट लागेर १ युवतीको मृत्यु

परासी – पश्चिम नवलपरासीमा करेन्ट लागेर १ युवतीको मृत्यु भएको छ भने १ युवक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको बर्दघाट नगरपालिका–१४ की १८ वर्षीया रिंकला विकको माछा मार्ने क्रममा करेन्ट लागेर मंगलवार मृत्यु भएको हो ।

घरबाट बिजुलीको तार लगाएर स्थानीय खजुराखोलामा माछा मार्ने क्रममा एक्कासी उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

करेन्ट लागेर सोही ठाउँका २६ वर्षीय शंकर विक घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्