०९ साउन २०८३, शनिबार

संविधान र लोकतन्त्रका पक्षमा मतदान गर्न नेता रिजालको आग्रह

कात्तिक २७, २०७६
संविधान र लोकतन्त्रका पक्षमा मतदान गर्न नेता रिजालको आग्रह
फाइल फोटो

पोखरा – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले संविधान र लोकतन्त्रका पक्षमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन् ।

पोखरा महानगरपालिका–१७ घारीपाटन क्षेत्रमा बुधवार आयोजित उपनिर्वाचनको प्रचारप्रसारका लागि घरदैलो कार्यक्रममा सहभागी बन्दै उनले सरकारका संविधान र लोकतन्त्र विरोधी गतिविधिलाई सच्याउँदै सही मार्गमा हिँडाउन उपनिर्वाचनमा कांग्रेसको जीत आवश्यक भएको बताए ।

कास्की क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पार्टीका केन्द्रीय प्रतिनिधिसमेत तोकिएका नेता रिजालले पार्टीले लामो समयसम्म समाजको रुपान्तरणका लागि योगदान गरेका त्यागी नेता खेमराज पौडेललाई उम्मेदवारका रुपमा अघि सारेको बताउँदै यस निर्वाचन क्षेत्रको समृद्धि र विकासका लागि रुख चिह्नमा मतदान गर्न अनुरोध गरे ।

उम्मेदवार पौडेलले यो निर्वाचन सरकारलाई सही बाटोमा हिँडाउनका लागि भएको बताउँदै कास्की क्षेत्र नम्बर २ को समग्र विकासका लागि आफू अहोरात्र लाग्ने प्रतिबद्धता व्यक्त गरे । घरदैलोमा क्षेत्रीय सभापति माधवप्रसाद बाँस्तोला ‘मधु’, नगर सभापति बजिरमान श्रेष्ठ लगायत सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्