
काठमाडौं- साझा पार्टीले धरान उपमहानगरपालिकाको मेयरका लागि उम्मेदवारीको मनोनयन दर्ता गराएको छ ।
बुधवार धरान मेयर पदका लागि साझा पार्टीको तर्फबाट राजन कुमार श्रेष्ठको उम्मेदवारी दर्ता गरिएको पार्टीका संयोजक रविन्द्र मिश्रले जानकारी दिए ।
उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, 'मेयरलाई प्राप्त अधिकार र आर्थिक स्रोतबाट शहरको रूप कसरी परिवर्तन हुन सक्छ भन्ने नमूना हामी धरानबाट सिंगो देशलाई देखाउन चाहान्छौं ।'
मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज स्थानीय तहमा उम्मेदवारी मनोनयनको कार्यक्रम छ ।