काठमाडौं – विद्यार्थीलाई गोडा मालिस गर्न लगाउने शिक्षिकालाई ५ वर्षको कैद सजाय सुनाइएको छ ।
एक शिक्षिकाले विद्यार्थीलाई गोडा मालिस गर्न लगाएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । यो घटना भारतको महाराष्ट्रस्थित एक शहरको हो ।
त्यहाँको स्कूलमा सरकारी नियुक्तिमा रहेकी शिक्षिकाले एक बालब छात्रलाई गोडा मालिस गर्न लगाएको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनलाई सन् २०१३ मा पक्राउ गरेको थियो ।
६ वर्षपछि अदालतले उनलाई ५ वर्षको जेल सजाय र ३० हजार भारतीय रुपैयाँ जरिवाना सुनाएको छ ।
ती शिक्षिकाको नाम शीतल अवचार हो । उनी मलकापुरस्थित मूक बधिर स्कूलमा सरकारी टिचर रहेको एजेन्सीले बताएको छ । एजेन्सी