१० साउन २०८३, आइतबार

रुसको एक कलेजमा विद्यार्थीले गराए गोलीकाण्ड, दुईजनाको मृत्यु

कात्तिक २८, २०७६
रुसको एक कलेजमा विद्यार्थीले गराए गोलीकाण्ड, दुईजनाको मृत्यु

रुसको एक कलेजमा बिहीवार १९ वर्षीय एक विद्यार्थीले सहपाठीलाई गोली प्रहार गरी हत्या गरेपछि आत्महत्या गरेका छन् ।  

दानिल जासोरिन नामक ती विद्यार्थीले ब्लागोभेशचेन्स्क कलेजमा पढाइ चलिरहेको बेलामा गोली चलाएका हुन् । बदमासी गरेपछि शिक्षकले उनलाई कक्षाबाट बाहिर निस्कन लगाएका थिए, त्यसपछि उनले गोली हाने । 

जासोरिनले चारजना सहपाठीलाई घाइते बनाएका छन् । तीमध्ये अलेक्से गोलुब्निचीको पछि अस्पतालमा देहान्त भयो । 

गोलीको आवाज सुनेपछि एक ट्राफिक प्रहरी कलेजमा प्रवेश गरे र बन्दूकधारीमाथि गोली चलाए । 

कक्षा चलिरहेको बेलामा दुर्व्यवहार गरेपछि शिक्षकले जासोरिनलाई दुईपटक बाहिर जान भनेको प्रत्यक्षदर्शीहरूले बताए । 

उनी कक्षाबाहिर गए तर एक हतियार लिएर फर्किए । उक्त हतियार शटगन भएको रुसी सञ्चारमाध्यमले जनाएका छन् । 

बन्दूकधारीको झोला पछि शौचालयमा फेला पर्‍यो । त्यसमा थप गोली थिए । घटनास्थलमा गोलीका खोकाहरू छरपस्ट भेटिएका थिए ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्