१७ असार २०८३, बुधबार

रातभरि मोबाइलमा गेम खेल्ने बानी परेका एक व्यक्तिले गुमाए दृष्टि (भिडियो)

कात्तिक २८, २०७६
रातभरि मोबाइलमा गेम खेल्ने बानी परेका एक व्यक्तिले गुमाए दृष्टि (भिडियो)

चीनमा एक व्यक्तिले रातभरि मोबाइल फोनमा गेम खेल्ने बानी पारेपछि एउटा आँखाको दृष्टि गुमाउन पुगेको अस्पतालले जनाएको छ । 

ती व्यक्तिले सानो स्क्रीनमा रातरातभरि हेरेर बिहान उठ्दा देब्रे आँखाले हेर्न नसकेको चिकित्सकहरूले बताए ।

चिकित्सकहरूका अनुसार, ती व्यक्तिको रेटिनामा रहेको रक्तनली फुटेपछि आँखामा रक्तश्राव भएको थियो । 

यसलाई भाल्साल्भा रेटिनोप्याथी भनिन्छ र बढी शारीरिक श्रम पर्दा यस्तो हुन्छ । 

यो भएकाहरूले धमिलो देख्ने, आंशिक दृष्टि गुमाउने वा पूरै दृष्टि गुमाउने समस्या आउँछ । 

नाम नखुलाइएका ती व्यक्तिले रातभरि खेलेर पनि नपुगेपछि बिहान खेल्न खोजेको पाँच मिनेटमै दृष्टि गुमाउन पुगेका थिए । 

उनले आफैं देख्न नसकेपछि शेनझेन सोङगाङ अस्पताल लगिएको थियो ।

चिकित्सकहरूले उनलाई लेजर सर्जरी गरेका छन् र एक महिनाभित्र उनी ठीक हुने अपेक्षा गरेका छन् ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्