
काठमाडौं, २५ चैत –एनआईसी एशिया बैंकको विभिन्न ५ स्थानमा रहेका नयाँ शाखाहरुको एकै साथ उद्घाटन गरिएको छ । शुक्रवार एक समारोहकाबीच ती शाखाहरूको उद्घाटन गरिएको हो ।
बर्दघाट स्थित ८१ औं तथा तानसेन स्थित ८८ औं शाखाको उद्घाटन एनआईसी एशिया बैंकका संचालकद्वय राजेन्द्र प्रसाद अर्याल र बिनोद कुमार प्याकुरेलले संयुक्त रुपमा उद्घाटन गरे ।
त्यस्तै, उद्योग वणिज्य संघका केन्द्रिय सदस्य गोपाल हमालले लम्कीस्थित ८४ औं तथा टिकापुर स्थित ८९ औं शाखाको उद्घाटन गरे । हिलेस्थित ८६ औं शाखाको उद्घाटन धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले गरे ।
सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य स्थानमा पनि थप शाखा सञ्चालन गर्ने याजना रहेको बैंकले जनाएको छ ।