१६ असार २०८३, मंगलबार

युनिभर्सल कलेजका विद्यार्थी तालाबन्दीसँगै अनशनमा

कात्तिक ३०, २०७६
युनिभर्सल कलेजका विद्यार्थी तालाबन्दीसँगै अनशनमा

कलेजमा तालाबन्दी गर्दासमेत प्रशासनले असुलेको बढी शुल्क फिर्ता नगरेपछि चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थी अनशन बस्न बाध्य भएका छन् । बढी शुल्क फिर्ताको माग गर्दै १६ दिनदेखि आन्दोलित भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स शिक्षण अस्पतालका विद्यार्थीले शुक्रबारबाट रिले अनशन थालेका हुन् । 

अतिरिक्त शुल्क फिर्ताका लागि १४ कात्तिकदेखि आन्दोलन गर्दा पनि कलेज प्रशासनले सुनुवाइ नगरेपछि युनिभर्सलका विद्यार्थीले रिले अनशन थालेको चिकित्सा शिक्षा संघर्ष समितिका केन्द्रीय संयोजक मिलन गैरेले बताए । विद्यार्थीले गत सोमबारदेखि कलेज प्रशासन, लेखा, प्रधानाध्यापक तथा सहायक प्रधानाध्यापक कक्षमा तालाबन्दी गरेका छन् । 

लाखौँ रुपैयाँ खर्चेर मेडिकल शिक्षा अध्ययनरत विद्यार्थी कलेजको अन्यायकै कारण परीक्षाको तयारीसमेत छाडेर अनशन बस्न बाध्य हुन् । चिकित्सा शिक्षाशास्त्र अध्ययन संस्थान आइओएमले एमबिबिएस पहिलो र दोस्रो वर्षका विद्यार्थीको वार्षिक परीक्षा १९ मंसिरदेखि तोकेको छ । यसअघि २१ कात्तिकदेखि हुने गरी तालिका प्रकाशन गरेकोमा विद्यार्थीको आन्दोलनका कारण सरेको हो । तर, बढी उठाएको शुल्क फिर्ता वा समायोजन नभए १९ मंसिरदेखि तोकिएको परीक्षामा पनि सहभागी नहुने विद्यार्थीले बताएका छन् । 

शुल्क फिर्ताको आन्दोलनमा युनिभर्सल मात्रै होइन देशभरका मेडिकल कलेजका विद्यार्थी आन्दोलनमै छन् । पोखराको गण्डकी मेडिकल कलेजमा दुई महिनादेखि ताला लगाएर विद्यार्थीले दबाब दिएका छन् । चितवन मेडिकल कलेजमा पनि तीन दिनअघि ताला लगाएका छन् ।  नयाँ पत्रिकामा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्