
घरको भुइँलाई फोहोर हुनबाट बचाउनका लागि हामी कार्पेट ओछ्याउँछौं । तर त्यही कार्पेटमा पनि कहिलेकाहीँ फोहोर लागिदिन्छ । कार्पेटको दाग सजिलै छुट्दैन पनि । तर हामी यहाँ दाग सजिलै हटाउने केही घरेलु तरिका बताउँदैछौं ।

कोलाकोला लगायतका सफ्ट ड्रिंक कार्पेटमा खस्यो भने चुक अमिलोमा पानी हालेर घोल्नुस् अनि कार्पेटको दागमा दलेर एकछिन छोडिदिनुस् । त्यसपछि त्यसलाई पुछ्नुस् । यसो गर्दा सफ्ट ड्रिंकको दाग निस्कन्छ ।
कार्पेटमा जुनसुकै दाग लागेपनि दाग लागेको ठाउँमा अलिकति कागतीको रस निचोरेर एकछिन छोडिदिनुस् र फेरि एउटा ब्लटिङ पेपरले घोट्नुस् । दाग हराउँछ ।
दाग लागेको भागमा साबुनपानी दल्नुस् र त्यो सुकेपछि पानीले धुनुस् । दाग हराउँछ ।
कार्पेटमा टमेटो केचपको दाग लाग्यो भने पानी र अमोनिया घोलेर दाग सफा गर्नुस् । दाग हटेपछि त्यो ठाउँमा पानीले धुनुस् ।

कार्पेटमा सबभन्दा धेरै त चिया नै पोखिन्छ । चियाको दाग सजिलै हट्दैन पनि । चियाको दाग लागेको ठाउँमा ट्याल्कम पाउडर एकछिन राख्नुस् र सुकेपछि पानीले धुनुस् ।
एजेन्सी