२२ असार २०८३, सोमबार

हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार

कात्तिक ३०, २०७६
हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार
प्रतिकात्मक तस्वीर

डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरीकोटकी ३० वर्षीया जनमदेवी बुढाको शनिवार हेलिकप्टरबाट उद्धार गरिएको छ ।

उच्च रक्त चापबाट समस्या भोगिरहेकी बुढालाई सुत्केरी हुन नसकेपछि शनिवार उद्धार गरी सुर्खेत लगिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले जानकारी दिए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति उद्धार कोषबाट काइगाउँस्थित स्वास्थ्य चौकीबाट उद्धार गरिएको उनले जानकारी दिए ।

१ वर्षयता हालसम्म जिल्लामा १२ सुत्केरीको उद्धार गरिएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्