
काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित सडकमा बा९१प १७६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा १ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक बाजुराको दहकोट घर भएका ३२ वर्षीय गोकुलबहादुर रोकायाको नागरिक अस्पताल मिनभवनमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार उदयपुरका १९ वर्षीय प्रदीप मगरको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यसैबीच, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानी बस्ने ३४ वर्षीय सोनाम लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासमेत ६ जना शुक्रवार राति पक्राउ परेका छन् ।
उनीहरूको साथबाट २ लाख २० हजार नगद र १६ थान कौडा बरामद गरिएको प्रहरीले शनिवार १ सूचनामार्फत जनाएको छ । उनीहरूलाई जुवा ऐनअन्तर्गत कारवाही गरिने जनाइएको छ ।