३१ असार २०८३, बुधबार

जनताको मतबाट समाजवाद ल्याउने गौतमको प्रतिबद्धता, १० वर्षमा नेपाल चीन जस्तै

कात्तिक ३०, २०७६
जनताको मतबाट समाजवाद ल्याउने गौतमको प्रतिबद्धता, १० वर्षमा नेपाल चीन जस्तै
फाइल फोटो

काठमाडौँ – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का सचिवालय सदस्य वामदेव गौतमले जनताको मतबाट समाजवाद ल्याउने प्रतिबद्धता गरेका छन् ।

शनिवार नेकपानिकट युवासंघ राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यहरूको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले ५ वर्षसम्म राम्रोसँग काम गर्न पाए भारतलाई छुने र अर्को ५ वर्ष जनताले मत दिए चीनभन्दा माथि पुग्न सक्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

'जनताको मतबाट समाजवाद निर्माण गरेर देखाउँछौँ,’ नेता गौतमले भने, ‘५ वर्षसम्म राम्रोसँग काम गर्न पायौँ भने ५ वर्षमा भारतलाई हामीले छुन्छौँ, १० वर्षमा चीनलाई छुन्छौँ ।’

सरकारले यही गतिमा काम गर्दै गयो भने संसारका सबैले नेपालमा कसरी समाजवाद निर्माण भयो भनेर हेर्न आउने दाबी नेता गौतमले गरे ।

'बुद्धको नाममा नाम कमाउने, सगरमाथाको नाममा नाम कमाउने काम जति भयो भयो तर अब समाजवाद निर्माण गरेर नाम कमाउने काम हामीले गर्नुपर्छ ।' नेता गौतमले सम्बोधनका क्रममा भने ।

गौतमले युवा संघ जुझारु युवाहरुको संगठन भएको भन्दै काम गर्न नसक्नेहरूले जिम्मेवारीबाट विदा लिन आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्