
कमिलाहरूले प्रायः घरका कुनाकाप्चामा गुँड बनाएर बसिदिन्छन् र हामी सबैलाई हैरान गर्छन् । यहाँ हामी यस्ता सटीक उपाय बताउँदैछौं जसलाई प्रयोग गर्नुभयो भने तपाईंको घरमा कमिला टिक्दैनन् ।

चक
चकमा क्याल्सियम कार्बोनेट हुन्छ र कमिलालाई यो फिटिक्कै मन पर्दैन । घरका कुनाकाप्चामा चकको धूलो छर्नुस्, कमिला भाग्छन् ।
मरिचको धूलो
कमिलालाई मरिचको धूलोले साह्रै हैरान गर्छ । त्यसैले कमिला भगाउन तिनको गुँडनजिक मरिचको धूलो छर्नुस् ।
कागती
कमिलाले कागतीको गन्ध सहन सक्दैन । त्यसैले कमिला झुम्मिएको ठाउँमा कागतीको रस मिसाएको पानीले कपडा भिजाएर पुस्नुस् ।
नून
कमिलालाई नून पनि मन पर्दैन त्यसैले कमिला भएको ठाउँमा नून छर्नुस् ।
चुक अमिलो
चुक अमिलो पनि कमिला भगाउन प्रभावकारी हुन्छ । एक बोतलमा बराबर मात्रामा अमिलो र पानी मिसाउनुस् र कमिला भएको ठाउँमा राख्नुस् । कमिला भाग्छन् ।

ल्वाङ र दालचिनी
कमिलालाई ल्वाङ र दालचिनीको गन्ध पनि मन पर्दैन । त्यसैले ल्वाङ र दालचिनी मिसाएर कमिला आउने ठाउँमा राख्नुभयो भने तिनीहरू भाग्छन् ।
एजेन्सी