
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मंसिर १४ गते हुने उपनिर्वाचनमा ८० प्रतिशत ठाउँमा नेकपाको जित सुनिश्चित भइसकेको दाबी गरेका छन् ।
नेकपानिकट राष्ट्रिय युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले उपनिर्वाचनमा ८० प्रतिशत ठाउँमा जित्ने रिपोर्ट आफूलाई आएको खुलासा गरेका हुन् ।
'कांग्रेस, राजपा, समाजवादी र अन्य पार्टीले जितेको ठाउँमा पनि हामीले जित्दै छौं,' प्रचण्डले भने, '८० प्रतिशत ठाउँमा हामीले जित्ने रिपोर्ट आएको छ । यदि त्यसो भयो भने हामीमाथि लागेका सम्पूर्ण आरोपहरू खारेज हुनेछन् ।'
आगामी मंसिर १४ गते प्रतिनिधिसभाको एक सिट, प्रदेशसभाका ३ सीट, स्थानीय तहमा ४ प्रमुख, १ उपप्रमुख र ४२ वडाध्यक्षका लागि निर्वाचन हुँदैछ ।