२२ असार २०८३, सोमबार

२०० फीट अग्लो पानीको टावरमा चढ्यो साँढे, क्रेनबाट गरियो उद्धार (भिडियो)

२०० फीट अग्लो पानीको टावरमा चढ्यो साँढे, क्रेनबाट गरियो उद्धार (भिडियो)

भारतको हरियाणामा रोमाञ्च मन पराउने एक साँढे २०० फीट अग्लो पानीको टावर चढ्न सफल भएको छ । त्यहाँ पुगेर अड्किएपछि साँढेलाई निकै कष्टका साथ उद्धार गरिएको छ । 

बिहीवार उक्त साँढेलाई चार घन्टाको प्रयासपछि उद्धार गरिएको थियो । 

रेवाडी जिल्लामा भएको यो घटनाको भिडियोमा एउटा क्रेनले साँढेको उद्धार गरिएको देखिन्छ । 

बाल्कोनी जस्तो देखिने संरचनामाथि पुगेपछि उद्धारकर्ताहरूले साँढेलाई क्रेनमा जोडिएको डोरीले बाँधे । 

डोरी कसेर बाँधेपछि साँढेलाई तल रहेको ट्रकमा ओरालियो र सुरक्षित स्थानमा लगियो । 

घटना हेर्नका लागि ठूलै संख्यामा मानिसहरू भेला भएका थिए । 

केही मानिसले पानी भण्डारण ट्यांकको ढोका किन खोलिएको हो भनी प्रश्न गरे । खुला ढोकाबाट पसेर साँढे पानीको टावरमा भर्‍याङ हुँदै २०० फीट माथि चढ्यो ।

धन्य उद्धारकर्ताहरूले साँढेलाई सुरक्षित रूपमा उद्धार गर्न सके ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्