१३ असार २०८३, शनिबार

१२ फीट भन्दा अग्लो पर्खाल नाघेर भीमफेदी कारागारबाट कैदी फरार

१२ फीट भन्दा अग्लो पर्खाल नाघेर भीमफेदी कारागारबाट कैदी फरार

मकवानपुरको भीमफेदी कारागारबाट कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटी रहेका एक कैदी फरार भएका छन् ।

कर्तव्य ज्यान मुद्दामा अदालतद्वारा दोषी ठहर भई जन्म कैदको सजाय काटी रहेका र पाँच वर्षसम्म जेल जीवन बिताइसकेका चितवन घर भएका ३० वर्षीय कुलदीपराज धामी फरार भएको कारागारका प्रमुख प्रकाश खनालले जानकारी दिए ।

कारागारलाई सुरक्षित राख्न र कैदीबन्दी नभागुन भन्नका लागि १२ फिटभन्दा अग्लो पर्खाल लगाएर काँडे तारसमेत कसेर मजबुद बनाइएको कारागार परिसरबाट बन्दी कसरी भागे भन्ने अनुसन्धान भइरहेको कार्यालय प्रमुख खनालले जानकारी दिए ।

पर्खालको केही सानो भागमा तारहरु लत्रिएको देखिएकाले बन्दी धामी त्यहीँबाट भागेको हुन सक्ने अनुमान गरिएको छ । फरार धामीको व्यापक खोजी भइरहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्