
धेरै मानिसलाई निद्रा पूरा गर्न नपाएको समस्याले सताउँछ । दिमाग सक्रिय भएर रातभरि सुत्न सकिएन भनी केही मानिस गुनासो गर्छन् । विपरीत दिशामा सुत्दा यस्तो समस्या आइलाग्ने गर्छ । वास्तुशास्त्रमा राम्रो निद्राका लागि कुन दिशामा सुत्नु उत्तम हुन्छ भनी सुझाइएको छ ।

दक्षिण दिशातर्फ शिर र उत्तर दिशातर्फ गोडा पारेर सुत्दा मानसिक शान्ति प्राप्त हुन्छ ।
पूर्व दिशामा शिर र पश्चिम दिशामा गोडा पारेर सुत्दा पनि दिमाग स्थिर रहन्छ ।
यसको विपरीत गरी सुत्दा चाहिँ मन अशान्त भएर सुत्न सकिँदैन ।